जिल्ला प्रहरी कार्यालय धनकुटाले सिमान्तकृत माझि समुदायलाई लक्षित गरि अल्पसंख्यकसँग प्रहरी कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा चौविसे गाउँपालिका वडा नं ४ फलामेटार आसपास बसोबास गर्ने सिमान्तकृत माझि समुदायलाई लक्षीत गरी आयोजना गरिएको कार्यक्रममा प्रहरीले दिने विभिन्न सेवाको विषयमा जानकारी दिएको प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले जानकारी दिनुभयो ।
कोशी प्रदेश प्रहरी कार्यालयको सुरक्षा सुनिश्चतता अभियान अन्तरगत उक्त कार्यक्रम आयोजना गरिएको हो । धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५० जना सिमान्तकृत माझि समुदायका नागरीक तथा सुरक्षा प्रमुखहरुको उपस्थिती रहेको थियो ।