१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

Radio Khabar Palika

धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी हुने



धनकुटा । धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिने भएको छ।
धनकुटा नगरपालिकाको आयोजनामा आगामी मंसिर ४ गते स्थानीय उत्पादनको प्रदर्शनी गर्न लागिएको हो । एभोकाडो सहितका स्थानीय उत्पादनहरूको प्रवद्र्धन तथा कृषक एवं उद्यमीहरूलाई प्रोत्साहनका लागि प्रदर्शनी गर्न लागिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । नगरपालिका कार्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने प्रदर्शनीमा एभोकाडो तथा उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ। प्रदर्शनीमा उद्यमशीलता विकास सम्बन्धी परामर्श पनि दिइनेछ भने स्थानीय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले जानकारी दिए ।


प्रदर्शनीका लागि धनकुटा नगरपालिकाले स्टल निःशुल्क उपलब्ध गराउने भएको छ। प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले कार्यालयको तर्फबाट सूचना जारी गरेर उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण गर्न चाहने कृषक तथा व्यवसायीलाई मंसिर २ गतेभित्र कार्यालयमा सम्पर्क राखी स्टल बुक गराउन आग्रह गरेका छन्।
कृषक, उत्पादक, व्यवसायी, विज्ञ तथा लगानीकर्ताको एकै ठाउँमा भेटघाट तथा अन्तरक्रिया हुने भएकाले प्रदर्शनीले स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारिकरणमा सघाउ पुग्ने अधिकारीको भनाई छ । प्रदर्शनी सफल पार्न नगरपालिकाले नगरवासी, कृषक, सहकारीकर्मी, विद्यार्थी, युवा, उद्यमी, व्यवसायी लगायत सबैलाई आग्रह गरेको छ।