१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन सम्पन्न



१२ जेठ धनकुटा। धनकुटाको भेडेटारमा अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन सम्पन्न भएको छ। गत शनिबार सुरु भएको सम्मेलन सोमबार सम्पन्न भएको हो। सम्मेलनमा नेपालका साथै भारत, बंगलादेश, मलेसिया, हङकङ लगायतका देशबाट आएका ख्यातिप्राप्त ज्योतिषविद्, तन्त्र साधक, पण्डित तथा अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको थियो। सहभागिहरुले आ–आफ्ना देशका परम्परागत तान्त्रिक तथा ज्योतिष पद्धतिबारे अनुभव आदानप्रदान गरेका थिए भने ज्योतिष, वास्तु र तन्त्रसँग सम्बन्धित विज्ञबाट कार्यपत्र प्रस्तुत गरिएको थियो।
विश्व ज्योतिष महासंघको आयोजनामा भएको सम्मेलनको गत शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्धाटन गरेका थिए । सम्मेलनमा ज्योतिषहरुलाई विभिन्न अवार्डद्वारा सम्मान गरिएको थियो। सम्मेलनमा विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकनाथ पौडेल, दक्षिण एसियाली ज्योतिष महासंघका अन्तर्राष्ट्रिय समितिका सभापति लक्ष्मण पन्थी, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष सहदेव बिष्ट, नेपाल ज्योतिष परिषदका अध्यक्ष कमलप्रसाद काफ्ले लगायतका ज्योतिषका विद्वानहरूको उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय सम्मेलनले धार्मिक पर्यटनलाई टेवा पुग्ने बताइएको छ।