२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025

Radio Khabar Palika

धनकुटाका दुई पािलकाले मनाए आफनो स्थापना दिवस



धनकुटा । विविध कार्यक्रमको आयोजना गर्दै साँगुरीगढी गाउँपालिका र छथरजोरपाटी गाउँपालिकाले स्थापना दिवसको मनाएका छन । २०७३ साल फागुन २७ गते स्थानीय तह स्थापना भएको थियो । छथरजोरपाटी गाउँपालिकाले स्थापना दिवसको अवसरमा पालिकामा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।

पालिकाले गत वर्षको एसइई तथा १२ कक्षामा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गरेको छ । त्यस्तै सो अवसरमा गरिएको पालिका स्तरीय भलिबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई समेत पुरस्कृत गरिएको छ । कार्यक्रममा पालिकामा बसोबास गर्ने ११ विभिन्न जातीको झाँकी तथा नाच प्रदर्शन गरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर घिमिरेले हाल सम्म भएको भौतिक तथा वित्तिय प्रगतिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष छत्र सुब्बाले आफूहरू जनतालाई दिएको बाचा अनुरूप काम गरिरहेको बताउनु भयो । पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम पालिकाका जनप्रतिनिधि कर्मचारी, शिक्षक तथा स्थानीयको सहभागिता रहेको थियो ।


धनकुटाका सात पालिका मध्ये धनकुटा र पाख्रिवास नगरपालिका बाहेक अन्य पाँच पालिकाको स्थापना दिवस भए पनि दुई पालिकाले मात्र स्थापना दिवस मनाउने गरेका छन् ।