
१४ फागुन,धनकुटा । नेपाल किसान महासंघ धनकुटाको बुधबार सम्पन्न चौथौ जिल्ला अधिवेशनबाट दिल कुमार राईको अध्यक्षतमा १९ सदस्यीय नया कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा टेक वहादुर यांखा, सचिवहरुमा गोकुल लुईटेल र भोगेन्द्र कार्की,सहसचिवमा केदारनाथ श्रेष्ठ र रुद्र राई,कोषाध्यक्ष कमला लिम्बु चयन भएका छन । त्यस्तै सदस्यहरुमा प्रेम कार्की,गजेन्द्र राई,शान्ति राई,नगेन्द्र राई,गोविन्द्र वस्नेत,चित्रखर पौडेल,सरिता कटुवाल,लाल वहादुर तामाङ,सर्मिला राई,खगेन्द्र महत, लक्ष्मी काफ्ले निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक विजय सन्तोषी राईले जानकारी दिए ।

अधिवेशनले धनकुटा जिल्लाका दुवै प्रदेश समिति तथा पालिका स्तरीय समिति र संघ तथा प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । कार्यक्रममा नेपाल किसान महासंघ धनकुटाका पूर्व अध्यक्ष ईन्द्र वहादुर ढुंगेल,पूर्व उपाध्यक्ष भोलानाथ घिमिरे र तिन दशक देखी कृषि क्षेत्रको अध्ययन अवलोकन गरी धनकुटामा एभोकाडो ,ड्रागन,कफी खेती व्यावसायिक रुपमा किसानहरुलाई संचालन गर्न अभियान शुरु गरेका कृषि अभियान्त जिवन प्रसाद राई सम्मानीत भएका छन । उक्त अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली काग्रेस धनकुुटाका जिल्ला सभापती दिनेश राई,पूर्व आमन्त्रित सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,नेपाल किसान महासंघका केन्द्रिय सदस्य केन्द्रिय प्रतिनिधि बिमन पराजुली लगायतको उपस्थिती रहेको थियो । उनीहरुले नेपालमा व्यवसायिक कृषि खेती व्यापक रुपमा गरी किसान र देशलाई समद्धी बनाउन सकिने बताएका छन । उनीहहरुले नेपाल कृषि प्रधान देश भएकाले कृषिक्षेत्रको विकास गरेमात्र मुलुकको समग्र विकास हुने भएकाले नेपालमा व्यावसायिक कृषि अभियानमा लागु गर्नु पर्नेमा जोड दिए ।
