
४ असोज,धनकुटा । जिल्ला भलिबल संघ धनकुटाको अधिवेशनले भोगेन्द्र राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा अनिश पुमा राई र चन्द्रकुमार लिम्बु, सचिवमा रविन लिम्बु तथा कोषाध्यक्षमा जुनु राई चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा अमृत राई, आस्था राई, विश्वेश्वर तिम्सिना, हेमचन्द्र राई, मोहन राई, लिला राना मगर, विजय प्रकाश लिम्बु र सन्जिव तिम्सिना चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष भोगेन्द्र राईले आफूहरूको टिमलाई विश्वास गरी सर्वसम्मत रूपमा निर्वाचित गर्ने सम्पूर्ण खेलाडी, जिल्ला, प्रदेश तथा केन्द्रीय प्रतिनिधिलगायत उपस्थित महानुभावहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले आगामी दिनमा धनकुटाको समग्र भलिबल खेलको विकाससँगै खेलाडीहरूको हकहित र क्षमता विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जिल्लामा भलिबलको गतिविधि विस्तार गर्दै प्रतिभावान खेलाडीलाई अवसर र आवश्यक सहयोग उपलब्ध गराउनेतर्फ संघले प्राथमिकता दिने बताए।


