
२८ साउन,धनकुटा, । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८२।०८३ मा सञ्चालन गरेका योजना तथा कार्यक्रमको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।
आर्थिक वर्ष २०८२। ०८३ मा नगरपालिका तथा नगरपालिका भित्रका सस्थाहरुले सञ्चालन गरेका विभिन्न योजना तथा कार्यक्रमको प्रगति, कार्यान्वयनको अवस्था र उपलब्धिबारे समीक्षा गर्न कार्यक्रम आयोजना गरिएको हो । वार्षिक समीक्षामार्फत सम्पन्न योजना तथा कार्यक्रमको मूल्यांकनसँगै कार्यान्वयनमा देखिएका समस्या, चुनौती र आगामी दिनमा सुधार गर्नुपर्ने पक्ष पहिचान गर्ने उद्देश्य राखिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए । स्थानीय तहको वार्षिक समीक्षा कार्यमा आम्दानी–खर्चको अवस्था, लक्ष्यअनुसारको प्रगति, प्राप्त अनुदान तथा बजेटको उपयोगलगायत विषयमा समीक्षा भएको छ । धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्षमा स्थानीय उत्पादन, खेलकुद, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नगरको समग्र विकासलाई थप प्रभावकारी बनाउने लक्ष्य अघि सारेको छ। समिक्षमा नगरपालिकाका विषयगत शाखा, सबै वडा तथा संघसस्थाहरुले आ–आफनो प्रस्तुती गरेका थिए । नगरपालिकाले आर्थिक वर्ष २०८३।०८४ को बजेटसमेत नगरसभाबाट पारित गरीसकेको छ ।

