१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

Radio Khabar Palika

पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस धनकुटामा मनाइयो



७ साउन २०८२,धनकुटा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस धनकुटामा समेत मनाइएको छ । नेकपा एमाले धनकुटाले बुधबार पाटी कार्यलय श्रीवानीमा पुष्पलालको तस्विरमा माल्यापर्ण गर्दै नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले दिएको योगदानको चर्चा गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल एक कुशल नेताको रुपमा रहेको समेत चर्चा गरिएको थियो । नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेका पुष्पलालले प्रवासमा बसेर कम्युनिष्ट पार्टीका गतिविधि गरेका थिए। उनले स्थापना गरेको कम्युनिष्ट पार्टी अहिले भने विभिन्न पार्टी र विचारमा विभाजन भएको छ । रामेछापमा जन्मिएका पुष्पलालको मृत्यू २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा भएको थियो।