१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

Radio Khabar Palika

रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो बिर्तामोड युनाइटेड



जेठ २ धनकुटा । धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बिर्तामोडले गोल्डेन स्टार सुनसरीलाई ४–१ गोल अन्तरले पराजित गदै फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडका लागी मौसम सुब्बाले ह्याट्रिक गरे । उनले खेलको ८ मिनेट ३६ मिनेट र ७९ औ मिनेटमा आफ्नो टिमको लागी गोल गरे । त्यस्तै ९२ औ मिनेटमा आयन राईले थप गोल गर्दै आफ्नो टोलीलाई ४–१ गोल अन्तरले विजयी गराए । यता गोल्डेन स्टारको लागि एक मात्र गोल सबिन घिमिरेले खेलको ८९ औ मिनेटमा गरेका थिए । आजको खेलमा मौसम सुब्बा म्यान अफ द म्याच घोषित भए । उनले ७ हजार पाँच सय रुपैयाँ हात पारे । शनिवार हुने दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लब काठमाण्डौले र एल एक्स सिटी मोरङको सामना गर्ने प्रचारप्रसार समितिका संयोजक सबिन अधिकारीले जानकारी दिए । आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्ने छ ।