१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

Radio Khabar Palika

सहलेशलाई हराउदै विर्तामोड युनाइटेड झापा सेमिफाइनलमा



धनकुटा, ३१ बैशाख । धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगितामा झापाको विर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेकाे छ । 

रारा फुटबल क्लब राजारानीको आयोजनामा  भइरहेको प्रतियोगितामा साविक विजेता सिराहाको सलहेश फुटबल क्लबलाई ट्राइबेकरमा २–१ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड सेमिफाइनलमा प्रवेश गरेकाे हाे। धनकुटाको चौबिसे गाउँपालिकाको राजारानीको पुण्य माविको खेलमैदानमा भएको प्रतियोगिताको बुधबार सम्पन्न खेलमा दुबै टीमबाट कुनै गोल नभएपछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा विर्तामोडका आशिष चापागाईं र विक्रम तामाङले गोल गरे भने सलहेशका आदित्य शाक्यले गोल गरे ।
ट्राइबेकरमा बिर्तामोड युनाइटेडका गोलकिपर अभिषेक बरालले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीका दुई पेनाल्टी बचाएपछि बिर्तामोड विजयी बन्न सफल भएको हो।खेलको म्यान अफ द म्याच विर्तामोडको गोलकिपर अभिषेक बराल घोषित भए ।
११ औ संस्करणमा सहलेससँग पराजित भएको बिर्तामोडले यसपटक त्यो हारको बदला लिँदै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।प्रतियोगिता अन्तरगत  खेल बिहीबार ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौ र  सिराहा र बागमती युथ क्लब सर्लाही बीच हुने आयोजकले जनाएकाे छ ।