१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

Radio Khabar Palika

सरस्वती माबिद्वारा छात्रबृत्ति तथा पुरस्कार बितरण



विनोद भण्डारी

बैशाख २८,चौबिसे । चौबिसे गाउँपालिका वडा नं‍‍. ४ फलामेटार स्थित सरस्वती माध्यमिक विधालयले आफ्ना बिद्यालयका बिद्यार्थी तथा शिक्षकलाई छात्रबृत्ति तथा पुरस्कृत गरेको छ ।

त्रैमासिक अभिभावक भेलाको अवसरमा बिद्यालयले २० जनालाई छात्रबृति,५ जना ब्रिद्यार्थी सहित १ जना शिक्षकलाई पुरस्कृत गरेको हो । बिद्यालयले कक्षा १ देखि ५ सम्मका १७ छात्रा सहित ३ छात्रहरुलाई नगद ४ सयका दरले छात्राबृत्ति बितरण गरेको बिद्यालयका प्राधानाध्यापक हेमचन्द्र बिश्वकर्माले जानकारी दिए । त्यस्तै गत शैक्षिक सत्रमा पालिका स्तरको परिक्षामा सबैभन्दा बढी अंक ल्याउन कक्षा १ देखि ५ र कक्षा ५ देखि १० का एक÷एक जना र कक्षा १ देखि १० सम्म सबैभन्दा बढी बिद्यालय आउने ३ जनालाई शैक्षिक सामाग्री दिएर पुरस्कृत गरिएको छ । त्यस्तै बिद्यालयले सो अभिभावक भेलाको अवसरमा एक जना शिक्षकलाई नगद सहित प्रमाणपत्र दिएर पुरस्कृत गरिएको प्राधानाध्यापक बिश्वकर्माले जानकारी दीए । बि.सं.२०४६ सालमा स्थापना भएर हाल प्रस्तावित साे माध्यमिक बिद्यालयमा शिक्षक तथा आर्थिक संकट रहेको बिश्वकर्माले जानकारी दिए ।विधालयमा हाल बाल विकास सहजकर्ता २,स्थायी आधारभुत विधालय दरबन्दी ३, निजि २,प्रदेश शिक्षक अनुदानबाट २ र कर्मचारी १ गरि जम्मा १० शिक्षक तथा कर्मचारी रहेका छन ।चौबिसे गाउँपालिकाका वडा नं। ४ र ५ का तल्लो भेग तथा छिमेकी छथर जोरपाटी गाउँपालि धनकुटाका दक्षिणी भेगका विधार्थीहरु समेत उक्त विधालयमा अध्ययन गर्न आउनेगरेका छन् ।

प्रशिक्षर्थी पत्रकार