१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

Radio Khabar Palika

धनकुटाक्याम्पसका विद्यार्थीलाई मानव मोबाइल पसलमा विशेष छुट, सम्झौता पत्रमा हस्ताक्षर



४ बैशाख,धनकुटा । स्वतन्त्र विद्यार्थी युनियन धनकुटा बहुमुखी क्याम्पसर मानव मोबाइल पसलबीच विशेष सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार अब धनकुटा क्याम्पसका विद्यार्थीहरूले मानव मोबाइल पसलमा विभिन्न इलेक्ट्रोनिक सामग्रीहरूमा विभिन्न दरको छुट पाउने भएका छन्।

सम्झौतापत्रमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष युवा तिम्सिना र मानव मोबाइल पसलका प्रोप्राइटर रमेश पौडेलले हस्ताक्षर गरेका छन्।

अध्यक्ष तिम्सिनाका अनुसार, “विद्यार्थीहरूको आर्थिक अवस्था र प्रविधिमा पहुँच सहज बनाउन यो सम्झौता गरिएको हो। अब विद्यार्थीहरूले मोबाइल, एक्सेसोरीज लगायतका सामग्रीहरु छुटमा किन्न पाउने छन्।”

मानव मोबाइल पसलका प्रोप्राइटर रमेश पौडेलले पनि विद्यार्थी हितका लागि गरिएको यस प्रकारको सहकार्य सकारात्मक भएको बताए।याे सम्झौताबाट क्याम्पसका सयौं विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।