
१८ चैत्र ,धनकुटा । नेकपा एमाले धनकुटाले आज (सोमबार) धनकुटामा गणतन्त्रको पक्ष वृहत मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ ।
गएको चैत्र १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको अराजक गतिबिधीले गणतन्त्र धरापमा पर्ने भन्दै त्यसको बिरोधमा मोटरसाइकल ¥याली गरेको हो ।

¥याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, वीचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत भएको थियो । सभालाई एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बूले सम्बोधन गरेका थिए । गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउने नाममा अराजक र प्रतिगामी हर्कतविरुद्ध एमालेले आन्दोलनमा उत्रिएको लिम्बूले जानकारी दिए । बिरोध सभामा संबिधानसभा सदस्य टिकाराम चेमजोङ,कोशाी प्रदेश सभा सदस्यद्वय निरन राई,ईन्द्रमणी पराजुली लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।
मोटरसाईकल ¥यालीमा एक हजार भन्दा बढी मोटरसाईकलहरुको सहभागिता रहेको नेकपा एमाले धनकुटाका सचिव परशुराम नेपालले जानकारी दिए ।
