
१८ चैत,धनकुटा । नेकपा एमाले धनकुटाले आज (सोमबार ) धनकुटामा वृहत मोटरसाइकल ¥याली प्रदर्शन गर्ने भएको छ । प्रतिगामी हर्कतको विरोध गर्दै एमालेले मोटरसाइकल ¥यालीमार्फत शक्ति प्रदर्शन गर्न लागेको हो । अहिले गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउनुपर्ने आवाज उठ्न थालेको छ, राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । अराजक र प्रतिगामी हर्कतविरुद्ध उत्रिएको एमालेले धनकुटासहित देशभर विरोध प्रदर्शन गर्न लागेको हो । चैत १८ गते जिल्ला–जिल्लामा जनप्रदर्शन र जागरण सभा गर्ने तयारी छ । जागरण सभा नहुने जिल्लाहरूमा मोटरसाइकल ¥याली प्रदर्शन गर्ने एमालेको देशव्यापी कार्यक्रम अनुसार धनकुटामा पनि ¥याली प्रदर्शन गर्न लागिएको हो । ६ सय भन्दा बढी मोटरसाइकलसहितको ¥याली प्रदर्शन गरिने एमाले धनकुटाका सचिव पर्शुराम नेपालले जानकारी दिए । बिहान ११ बजे धनकुटा बसपार्कमा भेला भएर मोटरसाइकल ¥याली सुरु हुनेछ । ¥याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, वीचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत हुने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जनकारी दिए ।
