४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

Radio Khabar Palika

पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–६ को फाइनल यही फागुन २४ गते धनकुटामा हुने



२२ फागुन ,धनकुटा । पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–६ को फाइनल यही फागुन २४ गते धनकुटामा हुने भएको छ । रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेन्टमेन्टले बिहिवार नेपाल पत्रकार महास‌ंघ धनकुटा शाखाको सभाहलमा पत्रकार सम्मेलन गरेर गायन र नृत्यतर्फको विजेता छनौट गर्न लागिएको जनाएको हो ।

रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेन्टमेन्टको आयोजनामा टुँडिखेलमा हुने फाइनलमा गायनतर्फ १० र नृत्यतर्फ ९ जनाबीच प्रतिष्प्रधा हुनेछ । दुवै विधातर्फका विजेताले नगद ५ ।५ लाख पाउने आयोजकले जनाएको छ । उनीहरूको ५ लाख बराबरको जीवन विमा पहिलो प्रिमियम पनि दिने जनाएको छ । फस्ट रनअपलाई नगद ५०।५० हजार रुपैया, सेकेण्ड रनरअपलाई २०।२० हजार रुपैया सहित विभिन्न पुरस्कारको व्यवस्था मिलाइएको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए ।

गत असार ५ गतेबाट सुरु भएको प्रतियोगिताको सिजन–६ मा ३ सय ८९ जनाले अडिसनमा भाग लिएका थिए । कोशी प्रदेशका १४ वटै जिल्लामा विभिन्न चरणमा भएका अडिसनबाट छनौट हुँदै गायन र नृत्यतर्फ १९ जना प्रतियोगी फाइनल पुगेको योगीले जानकारी दिए ।

प्रतियोगितामा निर्णायकबाट ५० प्रतिशत र ‘भोटिङ्ग’ बाट ५० प्रतिशत अंक प्रदान गरी विजेता छनौट गरिनेछ । गायक जुनी खालिङ्ग राई, हेमु स्मृति चोङवाङ र महेश राई गायनतर्फको निर्णायकको भूमिकामा हुने छन् । त्यस्तै, नृत्यतर्फ युसिन यस्माली मगर, सुशान्त लिम्बू र दिपेश मगर निर्णायकको भूमिकामा रहने आयोजकले जनाएको छ । यो पटक कृष्णभक्त राई र इन्द्र सुशिल लिम्बू अतिथि निर्णायकको भूमिकामा रहने आयोजकले जानकारी दिएको छ । उक्त अडिसनको प्रत्यक्ष प्रसार धनकुटामा रहेको खबरपालिकान्युज डटकम मार्फत हुने आयोजकले जनाएको छ ।