४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

Radio Khabar Palika

नसर्ने रोग रोकथाम पहिचान अभियान आजबाट सुरु



१ फागुन २०८१,धनकुटा । नसर्ने रोगहरुको रोकथाम, प्रारम्भीक पहिचान र ब्यबस्थापनका लागि प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले अभियान सुरु गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले बिद्यार्थीमाझ एक कार्यक्रम गरि मधुमेह, उच्च रक्तचाप र मृगौला रोगको पहिचानका लागि एक महिने अभियान सुरु गरेको हो । अभियान अन्तर्गत फागुन महिनाभर धनकुटाका सातवटै स्थानीयतहमा तथा कोशी प्रदेशका १४ वटै जिल्लाका पालिकाहरुमा नसर्ने रोगको अबस्था पहिचान गर्न लक्षित उमेर समूहका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण, रोकथामका लागि अपनाइनुपर्ने सावधानीका बिषयमा सचेतना कार्यक्रम संचालन गरिने कोसी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए। साथै उनले ३० बर्ष भन्दा बढि उमेरका हरेक नागरिकले मधुमेह, रक्तचाप र मृगौलाको नियमित जाच गर्नु पर्ने सुझाव दिए ।