६ फाल्गुन २०८१, मंगलबार | Wed Feb 19 2025

Radio Khabar Palika

स्वर्गीय चौधरीका छोरा सहित तीन विद्यार्थी छात्रबृति प्रदान



१८ माघ २०८१,धनकुटा । विद्यार्थी परियोजना नेपालले धनकुटाका तिन जना विद्यार्थाहरुलाई छात्रवृती प्रदान गरेको छ । नेपाली कांग्रेस धनकुटाको सक्रिय पहल महासमिति सदस्य उदय वहादुर लिम्बुको विशेष आग्रहमा विद्यार्थी परियोजना नेपाले ३८ हजार ५ सय रुपैया प्रदान गरेको हो ।


उक्त छात्रबृती धनकुटा जिल्ला सागुरीगढी गाउपालिका वडा नं. १० का नेपाली कांग्रेसका तत्कालिन वडा सभापती स्वर्गीय झगेन्द्र राईको छोरा अनुज राईले १५ हजार रुपैया,नेपाल प्रेस युनियन धनकुटा शाखाका तत्कालिन कोषाध्यक्ष स्वर्गीय पूर्ण कुमार चौधरीका छोरा आादित्य विक्रम चौधरीले १० हजार रुपैया र छथर छोरपाटीका प्रतिमा लिम्बुले १३ हजार ५ सय रुपैया प्राप्त गरे । उनीहरुलाई उक्त छात्रवृति धनकुटामा एक समारोहका विच नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौला ,जिल्ला सभापति दिनेश राई,महासमिति सदस्य उदय लिम्बुले संयुक्त रुपमा प्रदान गरेको नेपाली काग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए । उनीहरुलाई उच्च शीक्षा अध्यायन गरुन जेल उक्त छात्राबृत्ती प्रदान गरिने सन्तोषी राईले जानकारी दिए ।