६ फाल्गुन २०८१, मंगलबार | Wed Feb 19 2025

Radio Khabar Palika

नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले वेबसाइट निर्माण तथा सञ्चार डायरी प्रकाशन गर्ने



१६ माघ २०८१, धनकुटा । नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आफ्नै वेबसाइट निर्माण गर्ने भएको छ। महासङ्घले आफ्नो ऐतिहासिक दस्तावेजहरूलाई डिजिट रुपमा प्रकाशन गरेरे सबैको पहुचमा पु¥याउन तथा प्रविधिसँग अघि बढ्नका लागि वेबसाइट निर्माण गर्ने निर्णय गरेको हो।
महासङ्घको स्थापना कालदेखि हालसम्मका महत्वपूर्ण कागजातहरू डिजिटल प्रणालीमा सुरक्षित राख्न वेबसाइट उपयोगी हुने भएकाले वेबसाइट निर्माण गर्न लागिएको नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष बिदुर खवासले जानकारी दिए । महासङ्घका गतिविधिहरू आम नागरिक र पत्रकार समुदायसमक्ष प्रभावकारी रूपमा पु¥याउने उद्देश्यले वेबसाइट निर्माणको प्रक्रिया अघि बढाईने उनले जानकारी दिए । यस वेबसाइटमा महासङ्घका गतिविधि, पत्रकारिता सम्बन्धी विभिन्न नीति–नियम, सञ्चार क्षेत्रका नवीनतम सूचना तथा पत्रकारहरूका लागि आवश्यक सामग्रीहरू समेटिनेछ। साथै, डिजिटल अभिलेखालय निर्माण गरेर महासङ्घका पुराना निर्णय, बैठकका विवरण, प्रतिवेदन र अन्य महत्त्वपूर्ण दस्तावेजहरू सुरक्षित राख्ने उपाध्यक्ष रविन कटेलले जानकारी दिए । प्रविधिको युगमा पत्रकार महासङ्घले डिजिटल माध्यम अपनाउनु समयसापेक्ष आवश्यकता समेत समेत ठानेको छ । पत्रकार महासङ्घलाई प्रविधिसँग अघि बढाउन तथा सूचना प्रवाहलाई व्यवस्थित गर्न वेबसाइट निर्माण हाम्रो प्राथमिकतामा रहेको सचिव हरिबहादुर लम्जेलले जानकारी दिए । महासङ्घले छिट्टै नै वेबसाइट निर्माण प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। वेबसाइट निर्माणपछि महासङ्घका गतिविधिहरू अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ। त्यस्तै महासंघले सञ्चालनमा ल्याएको पुस्ककालयाई व्यवस्थित गर्ने, महासंघको गतिविधिलाई समेटेर भित्ते पात्रो प्रकाशन गर्ने,स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा अग्रज पत्रकारहरुसग विभिन्न विषयमा अन्तरक्रिया गर्ने तथा सञ्चार डायरी प्रकाशन गर्ने लगायतका निर्णय गरिएको कोषाध्यक्ष नारायण कुमार राईले जानकारी दिनुभयो ।