६ फाल्गुन २०८१, मंगलबार | Wed Feb 19 2025

Radio Khabar Palika

धनकुटा सहित देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरि मनाईदै



१६ माघ २०८१, धनकुटा । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा धनकुटाका लगायत देशका स्थानमा विविध कार्यक्रम गरी सहिद दिवस मनाएको छ । सहिद दिवसका अवसरका काठमाडौं महानगरपालिकाले काठमाडौँको लैनचौरस्थित सहिद पार्कमा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा स्मृति सभा आयोजना गरेको छ । स्मृति सभा सुरु हुनु अघि शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरी जमल, कान्तिपथ, केशरमहलहुँदै लैनचौर पुगेको थियो ।

सो अवसरमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गरेकी थिईन । सहिदहरुको बलिदानीबाट प्राप्त नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र जोगाउन नेतृत्व तहको साझा मत हुनु पर्ने डंगोलको धाराण थियो । राष्ट्रियता र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गरेका सहिदहरु विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक भएको उनको भनाई छ । सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ । माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गर्नुभएको स्थान रहेका सहिदहरुका सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो ।