
१४ माघ,२०८१ धनकुटा । तमु ह्युल छोंज घी गुरुङ राष्ट्रिय परिषद धनकुटाको तेश्रो अधिवेशनले निरोज गुरुङको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । तमु ह्युल छोंज घी गुरुङ परिषदका केन्द्रीय माहासचिव डम्बर गुरुङको प्रमुख आतिथ्यमा आज पाख्रीवासमा सम्पन्न अधिवेशनले निरोज गुरुङको अध्यक्षतामा १३ सदस्यिय जिल्ला कार्य समिती चयन गरेको हो ।
समितीको वरिष्ठ उपाध्यक्ष मन बहादुर गुरुङ,उपाध्यक्षमा मीन बहादुर गुरुङ,सचिवमा टोम गुरुङ र कोषाध्यक्षमा भिम कुमारी गुरुङ रहेका छन् ।

त्यस्तै अधिवेशनले टीका गुरुङको अध्यक्षतामा १३ सदस्यिय तमु ह्युल महिला समिती पनि गठन गरेको छ । भने गणेश गुरुङको अध्यक्षतामा ११ सदस्यिय तमु ह्युल युवा समिती पनि गठन गरेको छ ।
अधिवेशनको खुल्ला सत्रलाई सम्बोधन गर्दै महासचिव गुरुङले आदिवासी जनजातिहरुको मुद्वा प्रति राज्य उदासिन रहेको बताउनु भयो । राज्यले एकात्मक शासन लाद्न खाजेको भन्दै उहाँले सम्पूर्ण जनजातीहरुले आफ्नो भाषा, सस्कार संस्कृती संरक्षणमा लाग्नु पर्ने बताउनु भयो । साथै तमुहरुको अधिकारका निम्ति सम्पूर्ण तमुहरु एकथलोमा आउनुपर्ने पनि धारणा राख्नु भयो । परिषदका निवर्तमान जिल्ला अध्यक्ष श्याम गुरुङको अध्यक्षतामा सञ्चालित अधिवेशनमा प्रदेश अध्यक्ष होम बहादुर घले, पूर्व अध्यक्ष तथा पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।