
१२ माघ,धनकुटा । प्रहरीले धनकुटाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको करिब १ सय ५० किलोगा्रम भन्दाबढी गाँजा नष्ट गरेको छ । शनिबार धनकुटा नगरपालिका–९ मुलघाट स्थिती तमोर नदि किनारमा उक्त गाँजा नष्ट गरको हो ।
हालै मात्र धनकुटाको साँगुरीगढी गाउँपालिकाको विभिन्न स्थानबाट प्रहरीले गाँजा बरामत गरेको थियो । भेडेटार र वडानम्बर–९ स्थित चाँदीबजारबाट विक्रिका लागि लैजादै गरेको गाँजा नियन्त्रणमा लिएको गाँजा जलाएर नस्ट गरीएकोप्रहरी निरीक्षक सुमन खड्काले बताए । धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट नियन्त्रणमा लिएको करिब १ सय ५२ केजी गाँजा जलाएर नष्ट गरीएको उनको भनाई छ ।