७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

Radio Khabar Palika

अन्तर–पुस्ता महिलावादी मञ्चको अनुपम यात्रा धनकुटामा



२८ पुस, धनकुटा। अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा मानव अधिकारको लागि महिला, एकल महिला समूहले धनकुटामा स्थानीय सरोकारवालाको सहकार्यमा अभियान ‘अनुपम यात्रा’ सञ्चालन गरेको छ।
मानव अधिकारको लागि महिला, एकल महिला समूहका प्रदेश अध्यक्ष मीना राईको संयोजकत्वमा सम्पन्न कार्यक्रम अघि धनकुटामा कृर्याशिल विभिन्न महिला समूहहरुद्धारा धनकुटाको मदन चोकबाट पञ्चेबाजासहित ¥याली निकालिएको थियो।

आउँदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्देश्यअनुसार सुरु भएको कार्यक्रममा अधिकारकर्मीले आफ्नो धारणा राखेका थिए। कार्यक्रममा संविधानसभा सदस्य लिला सुब्बा र धनकुटा नगरपालिकाको उपप्रमुख भिमा खनालले आफनो धाराण राखेका थिए । २०८० सालदेखि सुरु यो अभियान २०८४ सालसम्म सञ्चालन हुनेछ। खास गरी यो अभियानले न्यायिक समतामूलक समाजको निर्माण गर्न टेवा पु¥याउने लक्ष्य लिएको छ।

जहाँ महिलाको अर्थपूर्ण सहभागिता रहनेछ। राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु भएको हो। महिलावादी मञ्च गठन गरी पूर्व मेची र पश्चिम महाकालीबाट सुरु गरी हरेक जिल्लामा बस, पैदल, टेम्पु यात्रा गर्दै विभिन्न स्थानीय तहका वडासम्म पुग्ने गरी अभियान अगाडि बढाइएको अन्तर–पुस्ता महिलावादी मञ्चका अभियान्ता सरु जोसी बताईन।


महिला अनिवार्य रहेको व्यवस्थालाई समेत ‘गठबन्धन’ र ‘वा’ जस्ता शब्दको दुरूपयोग गर्दै कानुनमा छिद्र खोजेर महिलाको अर्थपूर्ण सहभागितालाई पाखा लगाउने काम भएको छ। जसकारण महिलाको नेतृत्वलाई स्विकार्ने वातावरण बन्न सकेको छैन। त्यसलाई अन्त्य गर्दै राज्यका सबै तहमा महिलाको समतामूलक र प्रतिनिधि सहभागिता अनिवार्य बनाउने र आउँदो निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउनु अनुपम यात्राको अन्तिम लक्ष्य रहेको अभियान्ता सरु जोसी बताईन।