७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

Radio Khabar Palika

सागुरीगढी रन २०८१ सम्पन्न



२६ पुस धनकुटा । सागुरीगढी गाउँपालिका धनकुटामा सागुरीगढी रन २०८१ सम्पन्न भएको छ । सागुरगिढी गाउँपालिका धनकुटा र भीमदल गढ धनकुटाको संयुक्त आयोजनामा सागुरीगढी रन २०८१ दौड प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगिताको २१ किमि दौड पुरुष खुल्ला तर्फ १ घण्टा २२ मिनेट ५४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै पाचथरका ओशन राई प्रथम भए । त्यस्तै १ घण्टा २८ मिनेटमा दुरी पार गर्दै दिपक राइ दोस्रो र १ घण्टा २९ मिनेटमा निर्धारित दुरी पार गर्दै याङदेव राई तेस्रो भए ।

उनिहरुले क्रमश रु २० हजार,१५ हजार र १० हजार प्राप्त गरे । त्यस्तै १० कि.मि दौड पुरुष तर्फ सरोज लिम्बु प्रथम,दिनेश लिम्बु द्धितिय र यमराज खत्रि तेस्रो भए । उनीहरुले क्रमश रु १२ हजार , ८ हजार र ४ हजार प्राप्त गरे ।त्यस्तै ५ कि.मि दौड महिला तर्फ भिमा बस्नेत प्रथम,इन्द्रकला दोस्रो र सिता कार्कि तेस्रो भए ।

उनीहरुले क्रमश रु १० हजार,७ हजार र ४ हजार .प्राप्त गरे । त्यस्तै विद्यार्थी तर्फको ५ कि.मि दौडमा कालुमान प्रथम, सुर्य तामाङ दोस्रो र एवरीब राई तस्रो भए ।उनीहरुले क्रमश रु ८ हजार,४ हजार र २ हजार प्राप्त गरे । उनीहरुलाई सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई,प्रमृुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाली सेनाको २ नं बाहिनी पति दिल बिक्रम सुब्बा ,गाउँपालिका उपाध्यक्ष मुना राई लगायतले नगद,मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

गाउँपालिकाले यस बर्षबाट सुरु गरेको सागुरीगढी रन लाई आगामी दिनमा पनि निरन्तरता दिने गाउपालिकाका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए ।