१९ पौष,धनकुटा । धनकुटाको भेडेटारमा सम्पन्न १२ औं फुड फेस्टिभल अर्थात खानपान महोत्सवमा डेढ करोडको कारोबार भएको छ ।
होटल एसोसिएसन भेडेटारको आयोजनामा पुस १६ गेतबाट तीन दिनसम्म सञ्चालन भएको फेस्टिभलमा डेढ करोड बराबरको कारोबार भएको हो । आयोजकले दुई करोड आर्थिक कारोबार हुने लक्ष्य राखे पनि डेड करोड मात्र कारोबार भएको होटल एसोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिनुभयो ।
४० हजार बढि आन्तरीक तथा बाह्य पर्यटकहरुले अवलोकन गरिएको महोत्सबमा स्थानीय परिकार, अर्गानिक उत्पादन तथा विभिन्न सामाग्रीको प्रचारमा टेवा पुगेको आयोजकले जनाएको छ । उक्त महोत्सवको अबरसरमा सागुरगिढी गाउँपालिकाले कृषि मेला प्रद्धशनी समेत आयोजना गरेको थियो । प्रद्धशनीमा उत्कृष्ट ५३ किसानलाई पालिकाले पुरस्कृत समेत गरेको छ ।किसानले उत्पादन गरेको कृषिजन्य बस्तुको मुल्याङकनको आधारमा उनीहरुले नगद सहित पुरस्कृत गरिएको सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।