७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

Radio Khabar Palika

६ वर्षको अन्तरालमा धनकुटाबाट ५४ हजार ७ सय ६४ जना युवायुवती विदेसीए



धनकुटा । गएको ६ वर्षमा ५४ हजार ७ सय ६४ जना युवायुवती वैदेशिक रोजगारको सिलसिलमा गएको तथ्याङ्क सार्वजनिक भएको छ । शुक्रबार आप्रवासी स्रोत केन्द्रकले अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा सरोकारवालहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । जस मध्ये ४८ हजार ४ सय ३७ पुरुष र ६ हजार ३ सय २७ जना रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै धनकुटाबाट वैदेशीक रोजगारीको सिलसिलामा विदेशीनेकोे संख्या ६ हजार भन्दा बढी रहेको पाईएको छ । धनकुटाबाट रोजगारीका सिलसिलामा विभिन्न देश जानेहरुको संख्या ६ हजार ३ सय ५८ जना रहेका छन्। जसमध्ये पुरुष ५ हजार ५ सय ९ रहेका छन् । त्यस्तै ८ सय ४९ जना महिला वैदेशीक रोजगारीमा गएका छन् । केन्द्रको त्थ्याङ्क अनुसार गएको २०७९÷०८० मा वैदेशीक रोजगारीको सिलसिलका बाहिर जानेको संख्या ७ हजार ७ सय ८४ रहेको थियो । जसमध्ये पुुरुष ६ हजार ९ सय १ र महिला ८ सय ८३ रहेको थियो अगिल्लो वर्षको तुलनामा यस वर्ष केही कमी रहेको आप्रवासी स्रोत केन्द्रकी सुचना अधिकृत मञ्जु राईले जानकारी दिईन ।


धनकुटा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा आप्रवासन स्रोत केन्द्र स्थापना गरेको छ । जसले वैदेशीक रोजगारीमा जानेहरुका लागी सुरक्षित, व्यवस्थित र मर्यादित बनाएर सहजीकरण गर्दै आएको छ । त्यस्तै सेवा केन्द्रबाट वैदेशिक रोजगारीमा जाने तयारी गर्दै आएकाहरुलाई उक्त रोजगार सम्बधी जानकारी दिने, वैदेशिक रोजगारीमा गई समस्या परेकाहरुका लागी सहजीकरसण गर्ने लगायतको काम गर्दै आएको धनकुटा नगरपालिकाका अर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले जानकारी दिए । उक्त आप्रवासी स्रोत केन्द्र २०७५ साल पुष २२ गते स्थापना भएको थियो । त्यस्तै कार्यक्रममा धनकुटाका प्रखुम जिल्ला अधिकारी टुवराज पोख्रेलले जिल्लामा वैदेशिक रोजगारीमा जानेहरु बढी ठगीमा परेको गुनासो आउने गरेको बताए । उनले यस्ता समस्यालाई सामाधान गर्न स्वयम् व्यक्तिहरु वैदेशिक रोजगरीमा जानु अगाडी बुझेर मात्रा जानुपर्ने बताए । त्यस्तै जिल्लाका सातवटै पालिकामा सचेतना कार्यक्रम संचालन गर्ने र प्रशासनमा आउने सेवाग्राहीहरुलाई पनि वैदेशिक रोजगारी सम्बन्धि जानकारी र सचेत गराउने गरेको उनको भनाई थियो । त्यस्तै कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वैदेशिक रोजगारीबाट आएकाहरुलाई स्वदेशमै केही गर्छु भन्नेहरुका लागी कृषिमा विभिन्न किसिमका अनुदानको कार्यक्रम ल्याएको बताए । उनले आवश्यता हेरेर अन्य क्षेत्र भन्दा कृषि क्षेत्र बढी प्राथमीकतामा राखिएको समेत जानकारी दिए । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले आप्रवासन केन्द्रले गरेको काम प्रभावकारी भएको बताएका छन ।