धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ की क्यान्सरबाट मृत्यु भएकी स्व. कमला याखाको परिवारलाई जस्तापता वितरण गरीएको छ । शुक्रबार धनकुटामा रहेका विभिन्न शिक्षक संगठन, समाजसेवी, बुद्धिजी र स्थानिय २८ जनाले उनको श्रीमान शुक्रबहादुर याखालाई ४० हजार बराबरको जस्तापात वितरण गरेका हुन ।
याखालाई नेपाल उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र लिम्बू, नेपाल शिक्षक महासंघ जिल्ला सचिव घनेन्द्र बहादुर सुब्बा लगायत २८ जनाले सामुहिक रुपमा जस्तापाता शुक्र लिम्बूलाई हस्तान्तरण गरेका थिए ।
स्वर्गीय कमला याखाको कात्र्तिक १९ गते मुखको क्यान्सरका कारण उपचारका क्रममा निधन भएको उनका श्रीमान शुक्रबहादुर याखाले जानकारी दिए । याखा बस्दै आएको घर फुसको छानो भएकाले केही सहयोग होस भन्ने उदेश्यले जस्तापाता वितरण गरीएको शिक्षक विगेन्द्र याखाले जानकारी दिए ।
स्थानीय पालिकाले गरिव र असाहयहरुलाई नहेरको कारण आफूहरुले उक्त सहयोग गरेको उनले बताए । याखाको चार जना छोराछोरी र श्रीमान गरी पाँचजना रहेका छन् । उनको बस्दै आएको घरमा जीर्ण बन्दै गएकोले साना बालबच्चा समेत रहेका र केही राहत होस भनेर जस्तापाता वितरण गरीएकोउद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । सरकारले फूसको छाना हटाउने भनेपनि गरीब परिवार अझै फुसको छाना भएको घरमा बस्न बाध्य हुनुपरेको सागुरीगढी गाउपालिका ३ का शुक्रबहादुर याखाले बताउनुभयो । उक्त टोलीले आगामी दिनमा उनका परिवारका वालबच्चाहरुलाई अध्ययन गराउनका लागी पहल कदमी तथा सहयोग गर्ने समेत बताएका छन ।