३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

ज्वालामुखी विस्फोट हुँदा इन्डोनेसियामा १० जनाको मृत्यु



काठमाडौं । ज्वालामुखी विस्फोट हुँदा पूर्वी इन्डोनेसियामा कम्तीमा १० जनाको मृत्यु भएको छ । फ्लोरेसको लोकप्रिय पर्यटकीय टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाले आफूहरू भयभीत भएको बताएका छन् । इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी)का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट १० हजार २ सय ९५ जना प्रभावित भएको बताए । उनका अनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको छ ।

ज्वालामुखी मामिला सुरक्षा निकायले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखी विस्फोट भएको ९केन्द्रविन्दु० को सात किलोमिटर दायराभित्र केही गतिविधि नगर्न निर्देशन दिएको छ ।