२ साउन,धनकुटा । धनकुटा(दुर्घटनामा परि मेरुदण्ड भाँचिएर थला परेका धनकुटाको महालक्ष्मी ५ का चुमकबहादुर माझीलाई उपचारका लागि नगद सहयोग उपलब्ध गराइएको छ । लेगुवा धनकुटा सरोकार समाजले मेरुदण्ड पीडित माझीलाई ८५ हजार १ सय ५९ रुपैयाँ नगद उपलब्ध गराएको हो । दाताहरूबाट प्राप्त नगद माझीको घरमै पुगेर वितरण गरिएको शिक्षक तुलसी पुरीले जानकारी दिनुभयो ।…