२६,पुस धनकुटा। कोशी पहाडी बीउ व्यवसायी उत्पादक सहकारी संस्था लिमिटेड -कोसेपान- धनकुटाको पन्ध्रौँ साधारण सभा तथा अधिवेशनबाट धनकेशर खड्काको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। खड्का यसअघि पनि संस्थाको अध्यक्ष रहेका थिए। पुस २५ गते शुक्रबार नेपाल पत्रकार महासंघ धनकुटा शाखाको सभाहलमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा मदन दाहाल, सचिवमा लोकेन्द्र श्रेष्ठ…