३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

चीनको एआई अस्पतालमा रोबोटबाट विरामीको उपचार



आर्टिफिसियल इन्टेलिजेन्सले अर्थतन्त्र तथा जनजीवनका धेरै क्षेत्रहरुमा तरंग उत्पन्न गरिरहेको छ र त्यसमा स्वास्थ्यसेवाको क्षेत्र पनि अछुतो छैन ।

गतवर्ष स्टानफोर्डको एआई सहर भाइरल बन्यो, जहाँ २५ जना इन्टेलिजेन्स एजेन्टहरु बसोबास तथा सामाजिकीकरण गर्छन्। त्यसभन्दा एक कदम अघि बढ्दै चिनियाँ वैज्ञानिकहरुले एआई अस्पताल शहरको विकास गरेको छ ।

उक्त एआई अस्पताल सहरमा भर्चुअल विरामीहरुलाई एआई डाक्टरले उपचार गर्दछन् । यो चिकित्सा क्षेत्रका पेशाकर्मी तथा आम सर्वसाधारणका लागि निकै महत्वपूर्ण रहेको बताइएको छ । यो एआई अस्पतालले ठ्याक्कै उस्तै वातावरण ९सिमुलेसन०मा डाक्टरहरुलाई तालिम दिँदै रोगको उपचारमा आफ्नो क्षमतालाई स्वचालित रुपमा निरन्तर विकास तथा सुधार गर्ने लक्ष्य राखेको छ ।

सिंघुवा विश्वविद्यालयका शोधकर्ताहरुले विकास गरेको उक्त आर्टिफिसियल इन्टेलिजेन्स अस्पतालको नाम एजेन्ट हस्पिटल हो । उक्त भर्चुअल संसारमा सबै डाक्टर, नर्स तथा बिरामीहरु एआईबाट सञ्चालित छन् र स्वचालित रुपमा अन्तरक्रिया गर्न सक्षम छन् ।

अचम्मको कुरा त के भने एआई डाक्टरहरुले केही दिनभित्रै १० हजारजना बिरामीको उपचार गर्न सक्दछन् । जबकी मानव डाक्टरलाई त्यति संख्याका बिरामीको उपचार गर्न कम्तिमा २ वर्ष लाग्छ ।

यसरी विकास गरिएका एआई रोबोट डाक्टरहरुले अमेरिकी चिकित्सा लाइसेन्स परीक्षाका प्रश्नहरुको समाधानमा ९३।०६ प्रतिशत सफलता हासिल गरेका छन्, खासगरी स्वासप्रस्वास सम्बन्धी रोगका विषयमा । ती एआई रोबोट डाक्टरहरुले बिरामीहरुको परामर्श, परीक्षण, रोगको निदान र उपचार तथा फलोअपका सबै प्रक्रियाहरु सजिलै तरिकाबाट पूरा गरिदिन्छन् ।