धनकुटा । धनकुटा नगरपालिका–६ स्थित सल्लेरीमा रहेको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालले आर्थिक वर्ष २०८०÷०८१ मा लक्ष्य भन्दा बढी सेवा प्रदान गरेको जनाएको छ । शनिबार सम्पन्न नेत्रज्वती संघ धनकुटाको चौंधौ साधारण सभाको अवसरमा अस्पतालले यस्तो जनाईएको हो ।
कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले सामुहीक रुपमा पानसमा दिप प्रज्ववलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । अस्पतालले आर्थिक वर्ष २०८०÷०८१ मा १९ हजार ४६ जनालाई सेवा प्रदान गरेको जनाएको छ । अस्पतालले १७ हजार जनालाई सेवा दिने लक्ष्य राखेको थियो । तर अस्पतालले आफ्नो लक्ष्य भन्दा बढी १ हजार ६ सय १६ जनालाई सेवा प्रदान गरेको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालका सचिव देव बहादुर खड्काले जानकारी दिए । कोशी प्रदेशका पहाडी जिल्ला तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ र धनकुटा लगायतका स्थानीय लाई सेवा लिन आउने गरेका छन् ।
पूर्वि पहाडी जिल्लाका आँखा रोगीहरुमा सेवा पु¥याउने उदेश्यले २०७० साल मंसिरदेखी अस्पतालले सेवा गर्दै आएको हो । डा. रामप्रसाद पोख्रले आँखा अस्पतालले धनकुटा जिल्लाका सात वटै स्थानिय तहका विभिन्न स्थान तथा वडामा शिवर संचालन गरी सेवा दिईदै आएको जनाएको छ । त्यस्तै अस्पतालले आर्थिक अवस्था कमजोर विद्यार्थीहरुका लागी निःशुल्क चस्मा वितरण, मोतिया विन्दु भएर आर्थिक अवस्था कमजोर भएकाहरुका लागी निःशुल्क अप्रेसन गर्दै आएको छ । नेत्रज्वती संघ धनकुटाको चौंधौ साधारण सभाको सफलताको कामना गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले संघद्धारा सञ्चालित यो अस्पतालको सेवाले यहाका नागरीकलाई ठूलो राहत भएको बताए । कार्यक्रममा नेत्रज्यवतीसंघ सग आबद्ध विभिन्न व्यक्तीत्वहरु, धनकुटा जिल्ला स्थित विभिन्न सरोकारवाला निकायको उपस्थिती रहेको नेत्रज्वती संघ धनकुटाका अध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिए ।