
२१ फागुन ,धनकुटा । धनकुटामा खानेपानीका लागि २ अर्व ५० करोड र सडकका लागि करिब १ अर्व बजेट आएको पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रकुमार राईले बताएका छन । धनकुटामा जिल्लास्तरीय अर्धवार्षिक समीक्षा तथा अन्तरक्रियात्मक छलफल कार्यक्रमको बुधबार उद्धाटन गर्दै पूर्वमन्त्री राईले यस्तो बताएका हुन ।

जिल्लाका हरेक कार्यक्रम गर्दा जनताका गरिबी कम हुने, आम्दानी बढ्ने तथा सुशासन कायम हुने कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए । पूर्वमन्त्री राईले मुलुकको विकासको लागि दुई ठूला पार्टी मिलेर सरकार बनाउनु परेको बताए । उनले सबै मिलेर जिल्लाको विकासको लागि लागिपर्नुपर्ने जानकारी दिए । सानासाना पार्टी मिलेर बनेको सरकारले देशको अर्थतन्त्र र सुशासनलाई हल गर्न नसकेकाले ठूला पार्टी मिलेर सरकार बनाउनु परेको उनको भनाई थियो । अर्धवार्षिक समिक्षामा धनकुटामा रहेका ७ वटै स्थानीय तह, प्रदेश र संघ सरकार मातहतका विषयगत कार्यालय र विभिन्न गैरसरकारी कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित बजेट योजना कार्यक्रमको अर्धवार्षिक प्रगति समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, पत्रकारको सहभागिता रहेको जिल्ला समन्वय समतिका उपप्रमुख सावित्रा राईले जानकारी दिईन। जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रस्तुत प्रतिवेदननमा कार्यालयहरुले गरेका काम, काम गर्दा देखा परेका समस्याका बारेमा प्रस्तुती भएको थियो । ती समस्यालाई सहज बनाउने विषयमा छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले जानकारी दिए ।