१९ चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

Radio Khabar Palika

धनकुटाको सहिदभूमी गाउँपालिकामा ८ सय २१ जना किशोरीले लगाए एचपीभी खोप



७ फागुन,धनकुटा ।धनकुटाको सहिदभूमी गाउँपालिकामा ८ सय २१ जना किशोरीले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपीभी) खोप लगाएका छन् ।

सरकारले सञ्चालन गरेको एचपीची खोप अभियान अन्तर्गत विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्दै गरेका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिएको थियो ।गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सन्चालन गरेको अभियानमा सहिदभूमि गाउँपालिकाको २३ वटा विद्यालयका कक्षा ६ देखि १० सम्मका ८ सय २१ जना किशोरीलाई खोप लगाइएको स्वास्थ शाखा प्रमुख फकिर महोमत्तले जानकारी दिए । खोप अभियानमा २३ जना स्वास्थ्यकर्मी र ४६ जना स्वयमसेविकाहरु खटिएका थिए । यो खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य लिइएको छ । सहिदभूमि गाउँपालिको स्वास्थ्य शाखाबाट नियमित खोप तथा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु जेष्ठ नागरिकहरुका लागि स्वास्थ शिविर सञ्चालन लगायतका कार्यक्रम सञ्चालन गरिने स्वास्थ शाखाले जनाएको छ ।