
१६ माघ २०८१ काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने काम स्वीकार्य हुन नसक्ने बताएका छन ।
राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र भनेको अराजकता नभएको भन्दै लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने काम स्वीकार्य हुन नसक्ने बताएका हुन । उनले मुलुकको व्यवस्था वा शासकहरुमा कुनै परिवर्तन गर्नुछ भने लोकतान्त्रिक बाटा र विधिबाट गर्न सकिने धारणा राखे । देशको रक्षा, विकास र सुशासनका लागि वर्तमान सरकार अगुवाइ गर्न तत्पर रहेको उनले बताए । संविधान कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नका लागि सवैका साथ सहमति बनाएर संविधान संशोधन गर्न प्रतिवद्ध रहेको ओलीको जिकिर थियो । मुलुकको विद्यमान प्रणालीलाई सबल र दिगो बनाउन आफूहरु लागि परेको जनाउँदै वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए। राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शुङ्खला अन्त्य भएको बताएका छन ।