३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

सुलभ वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको २१ औं बार्षिक साधरणसभा सम्पन्न



धनकुटा । छथरजोरपाटी गाउँपालिका वडा नं.६ सिधुवा बजारमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्था लि.को २१ औं वार्षिक साधरणसभा सनिवार विविध कार्यक्रमको साथ सम्पन्न भएको छ ।
छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रवहादुर सुब्बाको प्रमुख आतिथ्यमा सहकारी संस्था लि.को २१ औं बार्षिक साधरण्सभा भव्य रुपमा सम्पन्न भएको हो । साधरण सभामा संस्थाका अध्यक्ष मेघेन्द्र गुरुङले आर्थिक वर्ष ०८०।०८१ मा सुलभ बचत तथा ऋण सहकारी संस्था लि.ले गरेको बार्षिक कारोवार तथा आयव्यय सार्वजानिक गरे । उनले सो अवसरमा संस्थाले आ.व.०८०÷०८१ को लागि २० औं वार्षिक साधरणसभा लिएको लक्ष्य, वास्तविक आयव्याय र चालु आ.व.०८१÷०८२ को अनुमानित लक्ष्य प्रश्तुत् गरे ।
उनले कारेवार मध्येबाट १ करोड, ३८ लाख, ३९ हजार, ५३ रुपयाँ आम्दामी भएको शेयर सदस्यहरुलाई जानकारी गराए । अध्यक्ष गुरुङ्गले भने–‘अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा सहकारीमा शेयर सदस्यहरु १ हजार, २ सय बाट वृद्धि भएर १ हजार, २ सय, ३१ जना पुगेको छ ।’ अध्यक्ष गुरुङले सहकारीको बार्षिक प्रतिवेदन एवंम नीति कार्यक्रम र आ.व.०८१।०८२ को प्रस्तावित कार्यक्रम तथा रणनीतिक योजनाहरु सविस्तार प्रस्तुत गरे । त्यसैगरी सहकारीको शेयर पुँजी आ.व.०८०÷०८१ मा लक्ष्य २ करोड, ८२ लाख, १ हजार, ८ सय रहेकोमा वास्तविक प्रगती २ करोड, ३४ लाख, ६९ हजार, ३ सय रुपयाँ पुगेको छ । सहकारीको आ.व.०८१÷०८२ को लक्ष्य २ करोड, ९४ लाख, ६९ हजार, ३ सय रहेको छ ।
सहकारीको वास्तविक निक्षेप संकलन आ.व.०८०÷०८१ मा ७ करोड, ९३ लाख, ७७ हजार, ४ सय, ६६ रुपयाँ पुगेको छ भने ऋण लगानी १० करोड, ८९ लाख, ३४ हजार, २ सय, ४७ रुपयाँ रहेको छ । त्यसैगरी आम्दामी तर्फ १ करोड, ३८ लाख, ३९ हजार, ४३ रुपयाँ छ भने कूल खर्च १ करोड, ७ लाख, ८ हजार, ५७ रुपयाँ भएको अध्यक्ष गुरुङ्गले जानकारी दिएका छन् । उनले आ.व. ०८०÷०८१ मा १० करोड, ८९ लाख, ३४ हजार, २ सय ४७ रुपयाँ ऋण लगानी गरेकोमा आ.व.०८१÷०८२ मा १७ करोड पु¥याउने लक्ष्य लिएको बताए ।
त्यसैगरी सहकारीका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पृथ वहादुर पौडेलले आर्थिक वर्ष ०८०÷०८१ मा शेयर पुँजी तर्फ २ करोड, ३४ लाख, ६९ हजार, ३सय रुपयाँ भएको वताए । अघिल्लो आर्थिक वर्षमा २ करोड, ३२ लाख, १ हजार, ८ सय रुपयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष १.१५ प्रतिसतले वृद्धि भएको प्रतिवेदनमा पौडेलले उल्लेख गरेका छन् । त्यसैगरी शेयर सदस्य संख्या आ.व.०७९÷०८० मा १ हजार, १ सय, १५ जना रहेकोमा यो वर्ष आ.व.०८०÷०८१ मा १ हजार, २ सय, ३१ जना पुगेको छ । शेयर सदस्य संख्या भने अघिल्लो वर्षको तुलनामा १.३२ प्रतिसतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको विभिन्न शिर्षकको कोष हिसाव भने अघिल्लो वर्षको तुलनामा आ.व.०८०÷०८१ मा ९.४५ प्रतिसतले वृद्धि भएको छ । यो संस्थाको लागि सकरात्मक पक्ष रहेको छ । आ.०७९÷०८० मा ६ करोड, ९३ लाख, ७१ हजार, ६ सय ११ रुपयाँ रहेकोमा यो वर्ष ७ करोड, ९३ लाख, ७७ हजार, ४ सय, ६६ रुपयाँ वृद्धि भएको हो । सहकारीको कूल निक्षेप अघिल्लो तुलनामा यो वर्ष भने १४.४२ प्रतिसतले वृद्धि भएको छ । संस्थाको मौज्दात रकममा पनि यो वर्ष १५.७७ प्रतिसतले वृद्धि भएको छ । अघिल्लो वर्ष १ करोड, ९८ लाख, ७ हजार, ३ सय ९२ रुपयाँ रहेकोमा यो वर्ष २ करोड, २९ लाख, ३१ हजार, ४ सय ६ रुपयाँ पुगेको हो ।
ऋण लगानी तर्फ अघिल्लो वर्ष १० करोड, ५३ लाख, २९ हजार, ४ सय, ९८ रुपयाँ रहेकोमा आर्थिक वर्ष ०८०÷०८१ मा १० करोड, ८६ लाख, ७२ हजार, ७ सय ८९ रुपयाँ पुगेको छ । सहकारीको खुद नाफा भने २१ लाख, २६ हजार, ६ सय १३ रुपयाँ भएको संयोजक पौडेलले जानकारी दिए ।
सो अवसरमा सहकारीले असल कारोवार गर्ने अम्विका भण्डारी, खेलवहादुर खड्का, उत्कृष्ठ वचत कार्ता नरमाया कट्वा, यूवराज दाहाल, उत्कृष्ठ बालवचत कर्तामा दिक्षा काफ्ले र एल्विन वाँनिया र उत्कृष्ठ दैनिक वचत कर्ता निर्मला शेर्पा र दुर्गा प्रसाद तिम्सिनालाई सम्मान स्वरुप उपहार करुवा प्रदान गरिएको छ । तिन वटा सामूदायिक विद्यालयहरु सरस्वती मावि सिधुवामा अध्ययनरत छात्र–छात्रा शुसिला राई कक्षा–१, सुजता पौडेल कक्षा–८, जनता माविमा अध्ययनरत सुसन घले कक्षा–६, कृतिका पौडेल कक्षा–८, लालीगुराँस आधारभूत विद्यालयमा अध्ययनरत रोशन विष्ट र टिका विश्वकर्मालाई पूर्ण पोषाक तथा स्टेस्नरी सामान प्रदान गरिएको छ ।
त्यसैगरी संस्थाका ७५ वर्ष नागेको जेष्ठ शेयर सदस्यहरु नगद ३ हजारको दरले नगदसहित खदा मालाले सम्मान गरिएको थियो । त्यसैगरी शैक्षिक सत्र ०८०÷०८१ मा कक्षा–१२ मा उत्कृष्ठ नतिजा ल्याउने छात्र शन्देश गुरुङ्गलाई पनि नगद सहित सम्मान गरिएको छ । सहकारीको उत्कृष्ठ कर्मचारीको रुपमा कलेक्टर जुनु श्रेष्ठ र सह–व्यवस्थापक पदमप्रसाद पराजुलीलाई सम्मान गरिएको छ ।
सहकारीका अध्यक्ष मेघेन्द्र गुरुङ्गको अध्यक्षतमा सम्पन्न २१ औं वार्षिक साधरणसभाको उद्धघाटन सत्रमा प्रमुख अतिथि छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रवहादुर सुब्बा, विशेष अतिथिद्धय छथरजोरपाटी गाउँपालिकाका उपाध्ययक्ष गीता खेवा गुरुङ, जिल्ला सहकारी संघका उपाध्यक्ष कमलकुमार लामिछाने, अतिथिहरु वडा नं ६ का वडाध्यक्ष दीपक गुरुङ, सगरमाथा सेकेण्डेरी इङ्गलिस वोर्डिङ्ग स्कुलाका प्रिन्सिपल दिवेश खड्का, राष्ट्रिय सहकारी वैंक र कृषि विकास वैंक धनकुटाका प्रमुख एवं प्रतिनिधि लगायतले २१ बर्षिक साधरणसभाको अवसरमा शूभकामना मन्तव्य राखेका थिए । उनीहरुले सुलभ वचत तथा ऋण सहकारी संस्था धनकुुटालाई चिनाउने सहकारीको रुपमा स्थापित भएको भन्दै आगामी दिनमा अझ् प्रगती गरेर अघि वढ्न शुभकामना दिएका थिए ।