धनकुटा । नेपाली काग्रेस धनकुटाको १०० दिने विशेष अभियान अन्र्तगत धनकुटा नगरपालिकाको वडा नं. ७ को नेपाली कांग्रेसको वडा सम्मेलन वडा संयन्त्र सहित विभिन्न निर्णयहरु गर्दै शनिवार सम्पन्न भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले वडा सम्मेलनको उद्घाटन गर्दै वडाको विकास अव नयाँ ढंगबाट संचालन गर्नु पर्नेमा जोड दिदै नेपाली कांग्रेसले विजयी गरेका वडाहरुमा नागरिकहरुले थाहापाउने र देखिने किसिमका कामहरु हुनु पर्ने वताउनु जोड दिए ।उनले नेपाली काग्रेस सधै नागरीकको पक्षमा काम गर्ने पाटी भएको हुदाँ सबैले यसमा ध्यान दिएर काम गर्नुपर्ने बताए । उक्त कार्यक्रममा
नेपाली कांग्रेस धनकुटाका उपसभापति तथा नगर संयोजक सुनिल कुमार डंगोल,जिल्ला सचिव विजय सन्तोषी राई,जिल्ला सदस्य तथा वडा नं. ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ लगायत काग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
२९ मंसिर २०८१, शनिबार
434
Shares