२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

Radio Khabar Palika

किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा उदयमणि राई



२९ भदौ,धनकुटा । किराँत राई यायोक्खा जिल्ला कार्यसमिति धनकुटाको ८औँ जिल्ला अधिवेशनबाट उदयमणि राईको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।

अधिवेशनले १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा मनकुमारी राई र सन्तोष नाछिरिङ राई, सचिवमा बसन्त खाम्ला राई, सहसचिवमा एलिजा हाङखिम राई तथा कोषाध्यक्षमा आशा चाम्लिङ राई चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा मुलुकमान राई, बलप्रसाद छारा राई, मेनुका राई, अमर चाम्लिङ राई, चन्द्रकुमारी राई, यज्ञबहादुर राई, रेजिना राई र दीपक मुकाङ राईलगायत चयन भएका छन्।
अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ नेतृत्वले किराँत राई समुदायको भाषा, संस्कृति, संस्कार, पहिचान तथा हकहितको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।