धनकुटा । देशै भरका शक्तिपिठहरुमा आज विधिवत रुपमा घटस्थापना गरिएको छ । यस्तै धनकुटाको निशान भगवती मन्दिर परिसर स्थित दशैं घरमा पनि उत्तम साईत बुधबार बिहानको ९ बजेर १६ मिनेटको जमरा राखेर घटस्थापना गरिएको हो ।
धनकुटा नगरपालिका–६ स्थित विचबजारमा रहेको निशान भगवतति मन्दिरमा वि.स. १८३१ सालदेखि निरन्तर दशैको जमरा राखिदै आईएको छ । मन्दिरमा घटस्थापनाको दिन विधिपूर्वक धान, जौं, मकैको जमरा रखिएको छ । आज राखिएको उक्त जमरा दशैंको टीकाको दिन देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ । मन्दिरमा बजार बजारका स्थानियहरुले समेत जमारा राख्न ल्याउने गरेका छन् ।
घटस्थापनाका दिन स्थानियले ल्याएर राखिएको धान, जौ र मकैको जमरा विजया दशमीको दिन देवि विर्सजन पछि उनीहरुलाई वितरण गरिने छ । मन्दिरमा नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्धेवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण समेत पनि गरिन्छ । मन्दिरमा नवरात्रको पहिलो दिनदेखी नवौदिन सम्म विभिन्न देवीदेवताको पुजाआरधना गरीने निशान मन्दिरका पुजारी रमेश नेपालले बताए ।
यसैबीच पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता देवीको पुजाको पुजा गरीन्छ । त्यस्तै छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिने गरीन्छ ।
१७ आश्विन २०८१, बिहिबार
0
Shares