१६ जेठ, धनकुटा । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको बेलबारी फुटबल क्लबले जितेको छ। घरेलु टोली आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई रोमाञ्चक ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै बेलबारीले धनकुटाको प्रतिष्ठित गोल्डकप आफ्नो नाममा लेखाएको हो। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि नतिजा ट्राइब्रेकरबाट…