१२ माघ, धनकुटा। ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर शनिबार साझ दुईजना गम्भीर घाइते भएका छन् । गोली लागेर धर्मान पालुङ्वा र यमबहादुर लिम्बू घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।गोली लागेका एकजनालाई…