१५ पुस,चैनपुर, चैनपुर नगरपालिका–१० स्थित सिंहेश्वरी आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। वार्षिक उत्सव समारोहको प्रमुख आकर्षण अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता रहेको थियो। कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी सन्तोष अधिकारी र खगेन्द्र पाण्डेले विद्यार्थीहरूलाई स्वीटर वितरण गरेका थिए…