२९ असोज, धनकुटा । नेपालीका ठूला चाडपर्व नजिकिएसँगै धनकुटामा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसैक्रममा साँगुरीगढी गाउँपालिकाको केन्द्र तथा पूर्वको पर्यटकीय स्थल भेडेटार बजारमा छड्के अनुगमन गरिएको छ। अनुगमनका क्रममा भेडेटारका २४ होटल र चार किराना पसलको निरीक्षण गरी सुधार गर्न निर्देशन दिइएको छ। होटल तथा पसलमा फेला परेका १३ हजार ४२० रुपैयाँ बराबरका म्याद…