९ कार्तिक, धनकुटा । धनकुटा जिल्ला अस्पतालमा अलोहा मेडिकल मिसन, हवाई, अमेरिकाको प्राविधिक सहयोगमा निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविर सुरु भएको छ। आर्थिक अभावका कारण उपचार तथा शल्यक्रिया गराउन नसकेका बिरामीलाई लक्षित गरी सोमबारदेखि शिविर सञ्चालन गरिएको हो। शिविरको प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई, कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्य निरन राई, संविधानसभा सदस्य…