१७ जेठ, धनकुटा। लेउती खोलाको बाढीले सडक बगाएपछि आज बिहान देखि अवरुद्द सडक एक तर्फी सुचारु भएको छ । अहिले बेलुका ६ः१० बजे देखि अवरुद्ध मुलघाट सिमसुवा सडकखण्डको बाटो एक तर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए ।