५ माघ २०८२, आइतबार | Sun Jan 18 2026

Radio Khabar Palika

धनकुटा पनी मनाइयो रोपाइँ जात्रा (फोटो फिचर )



२६ साउन २०८२,धनकुटा । गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रा धनकुटामा धुमधामसंग मनाइएको छ । असार र साउन रोपाइँ गरेर अब त बाँचियो भनेर मनोरञ्जनका लागि कृतिम रोपाइँ मनाउने चलन रहेकोे छ । नेवारी समाजको कला संस्कृति जगेर्ने गर्नका लागि पनि यस्ता खाले कार्यक्रमको आयोजना गरिएको कोप्चे पुनरजागरणका सचिव उज्जल कर्मचार्यले जानकारी दिनुभयो ।

जात्रामा हातमा बीउ लिएका रोपार र कोदाली बोकेर लाठे रोपाइँ जात्रामा निस्केका थिए। जात्रामा नौमती बाजासहित झाँकी प्रस्तुत गरिएको थियो। कोप्चे पुनरजागरणको संयोजनमा आयोजना गरिएको रोपाई जात्रा धनकुटाको बिहिबारे हाटबाट सुरु गरेर बजारका विभिन्न ठाउको परिक्रमा गरी तल्लो कोप्चेमा पुगेर समापन भएको थियो।

जात्रा कहिलेदेखि मनाउने थालियो भन्ने यकिन नभए पनि रोपाई जात्राको प्रसंग स्थानीय नेवार जातिको खेतीकर्म र पौराणिक कालको देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको बताइन्छ ।

खासगरी महादेव र देवासुरबीच महासंग्राम भएको र अन्त्यमा देवासुरले भाद्र कृष्ण द्वितीयका दिन घुँडा टेकेकाले सोही दिनलाई आधार मानी जात्रा मनाउन सुरु गरिएको भन्ने मान्यता छ ।

नेवारी समुदायले मनाउने जात्रा भएपनि धनकुटा बजार क्षेत्रमा बसोबास रहेका अधिकांश जाति जात्रामा सहभागि भएका थिए । जात्रामा पुरुषले महिलाको र महिलाले पुरुषको पोषाकमा निस्कने गर्दछन् । रोपाइँ जात्राका दिन नेवार समुदायले लाखे नाच पनि देखाउने चलन रहँदै आएको छ ।