१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

Radio Khabar Palika

धनकुटामा खेल मैदान संरक्षणका लागि वृहत् छलफल कार्यक्रम( फोटो फिचर )



१० चैत्र , धनकुटा । सदरमुकाममा रहेकाे राणाकाल‍िन टुडिखेलकाे संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले धनकुटामा वृहत् छलफल कार्यक्रम आयोजना गरिएकाे छ ।े


“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ खेल मैदानको संरक्षण, व्यवस्थापन तथा प्रभावकारी उपयोगका विषयमा सरोकारवालाबीच साझा समझदारी बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनाेज राइले जानकारी दिए ।

कार्यक्रममा टुडीखेल व्यवस्थापन संरक्षण तथा प्रबद्र्धन गर्नका लागि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईको अध्यक्षतामा १३ सदस्य निर्देशन समिती समेत गठन गरेको छ । समितिले क्षतीग्रस्त मैदानको मुल्याङकन गरि मैदान संरक्षण र प्रबद्र्धनमा काम गर्ने जनाइएको छ ।

कार्यक्रममा खेलकुदसँग सम्बन्धित विभिन्न संघ–संस्था, स्थानीय तहका प्रतिनिधि, खेलाडी तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

जिर्ण खेल मैदान ,उचित व्यवस्थापनको अभाव तथा संरक्षणको कमीका कारण खेल गतिविधि प्रभावित भएको भन्दै जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त छलफल कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिए । कार्यक्रममा उठेका सुझाव र निष्कर्षका आधारमा जिल्लाभित्र खेल मैदान संरक्षण तथा विकासका लागि ठोस योजना अघि बढाइने पनि राईले जानकारी दिए ।