२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

Radio Khabar Palika

धनकुटामा ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न संस्था र महिलाहरू सम्मानित



२४ फागुन धनकुटा । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस को अवसरमा धनकुटा नगरपालिका ले अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।
“Rights. Justice. Action. For All Women and Girls”भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम धनकुटा स्थित धनकुटा नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो। कार्यक्रममा महिला अधिकार, लैङ्गिक समानता तथा महिला सशक्तिकरणका विषयमा अन्तरक्रिया गरिएको थियो।


कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, महिला समूहका सदस्य, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले महिला तथा बालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तह, सरकारी निकाय तथा समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए। कार्यक्रमका क्रममा समाजमा उल्लेखनीय योगदान पुर्‍याएका संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो। संस्थागत तर्फ अन्तरपार्टी महिला सञ्जाल, महिला पुनःस्थापना सेवा केन्द्र धनकुटा, पारालिगल सहयोग समिति धनकुटा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र जिप्रका धनकुटा, नगरगान रचनाकार शान्ता ढकाल, ढाका उद्यमी बेणु कुमारी खड्का तथा महिला सीप विकास प्रशिक्षक रेणु श्रेष्ठ लाई सम्मान गरिएको आयोजकले जनाएको छ।


त्यस्तै सामाजिक सेवामा सक्रिय महिलाहरूलाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा डोरेश्वरी राई, निर्मला भट्टराई, अनिता राई, कुमारी दर्जी, नरमाया राई, रविना राई र जानुका सुन्दास रहेका छन्।
कार्यक्रम धनकुटा नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा महिला हिंसा न्यूनीकरण, समान अवसर सुनिश्चितता तथा सुरक्षित समाज निर्माणका विषयमा छलफल गरिएको आयोजकले जनाएको छ। धनकुटा लेडिज जेसीसले पनि विभिन्न कार्याक्रमको आयोजना गरि मनाएको छ ।