८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026

Radio Khabar Palika

कविता ( एक शब्द चित्र)



  • लेखक : कवि तथा साहित्यकार , के.जी सुब्बा

कविता ( एक शब्द चित्र)

यदि तिम्रो मेरो
बेमेल मिश्रण बाट बन्ने
अचुक सम्बन्धले
एक बिषको निर्माण भएको भए
जसलाई तिमी अलि अलि सेवन गर्नु
दवाइ हुन्छ ।

म यो सङ्लो पानीको बाटै बाटो
केही क्षण घुमेर आउछु
त्यतिन्जेल सम्ममा त शीतहरु पनि
झरीसक्छन् होला बाँसका पातहरु बाट
म किनारै किनार उड्ने चराहरु हेर्दै
केही बेर सिगरेट पिउछु
तिमी जल फूलको तस्बिर उतार्दै गर्नु ।

पटैलामा सयर गर्दै तिमीले फूल टिप्छौ कि
फुलले तिमीलाई टिप्छ
प्रतिबिम्बमा तिमी उत्रिन्छौ कि
तिमीले प्रतिबिम्ब उतार्छौ
म एकै छिन् मन मनै गम्छु ।

ओहो ! यहाँ त
समय होइन सम्वेग बग्दो रहेछ
ओहो !यहाँ त
निर्जीवलाई पनि जीवन आभास हुँदो रहेछ
ओहो! यहाँ त
प्रेम भुलिसकेको फकिरलाइ पनि
प्रेमी याद आउदो रहेछ ।

एकै छिन् म यहीँ आराम गर्छु
तिमी तरङ्ग जस्तै
समयको छालमा उत्रिदै गर्नु ।

तथास्तु