२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

Radio Khabar Palika

बार्षिक उत्सवमा १३ वटा अक्षयकोष स्थापना



धनकुटा, २१ माघ । शैक्षिक सुधारका लागि महालक्ष्मी नगरपालिका–२ मा रहेको श्री शारदा माध्यमिक विद्यालयमा १३ वटा अक्षयकोष स्थापना गरिएको छ।

विद्यालयको ६३औँ वार्षिक उत्सव कार्यक्रमको अवसरमा स्थानीय अभिभावक तथा दाताहरूले आफ्ना जीवित तथा दिवंगत आफन्तहरूको नाममा कुल १२ लाख ६ हजार ५ सय ९४ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन्। अक्षयकोषबारे जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक गुरु बरालले उक्त कोषको ब्याज रकमबाट विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक विकासमा वार्षिक रूपमा खर्च गरिने जानकारी दिनुभएको छ। अक्षयकोष अन्तर्गत सिताराम र तोयाराम कटुवालबाट २ लाख २५ हजार ५ सय २५ रुपैयाँ बराबरको लिलाबहादुर–कृष्णमाया कटुवाल अक्षयकोष स्थापना गरिएको छ। त्यस्तै, गणेश कटुवालबाट २ लाख २ हजार २ सय २२ रुपैयाँ बराबरको स्व. तारा सिं–मनमाया कटुवाल स्मृति कोष स्थापना गरिएको छ।
धनबहादुर बुढाथोकी (रबिन) बाट २ लाख ८२ रुपैयाँ बराबरको तारा–गंगा अक्षयकोष र पदमराज रखाल मगरबाट १ लाख १ सय ११ रुपैयाँ बराबरको भीमलाल–प्रकृति रखाल शैक्षिक सुधार अक्षयकोष स्थापना गरिएको छ। त्यसैगरी, विष्णु लाया मगरबाट १ लाख १ हजार १ सय ११ रुपैयाँ बराबरको प्रेमपूर्ण–विष्णु लाया मगर अक्षयकोष स्थापना गरिएको छ।
नरबहादुर बानियाबाट ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको स्व। भेदबहादुर–राधिका बानिया स्मृति कोष र मदन तथा मुमिका रायाबाट सोही रकम बराबरको स्व. आसाबहादुर–तेलिमाया राया स्मृति कोष स्थापना गरिएको छ। डम्बरबहादुर कटुवालबाट ५१ हजार १ सय ११ रुपैयाँ बराबरको रुद्रबहादुर तथा स्व. मनमाया अक्षयकोष र जितमाया कार्की तथा बेगबहादुर कार्कीबाट सोही रकम बराबरको स्व. कुलबहादुर–देबीमाया कटुवाल स्मृति अक्षयकोष स्थापना गरिएको छ। त्यस्तै, योगेन्द्र कटुवालबाट ५० हजार ५ रुपैयाँ बराबरको स्व.जगत–लिलमाया–झप्टिमान कटुवाल अक्षयकोष र शेभितमान कटुवालबाट ३२ हजार ५० रुपैयाँ बराबरको स्व. पवित्रा माया–भिममाया–काजिमान स्मृति अक्षयकोष स्थापना गरिएको छ। रोहितमान थापाबाट ३१ हजार १ सय २५ रुपैयाँ बराबरको स्व। ताराबिर–नरमाया थापा स्मृति अक्षयकोष र मोहन तथा शर्मिला श्रेष्ठबाट ३१ हजार १ रुपैयाँ बराबरको स्व. लालबहादुर–नैनमाया अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ।