
१७ असोज, धनकुटा । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले धनकुटामा रहेका मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयको अनुगमन गरेकी छिन । अनुगमनपछि पत्रकार भेटघाट गर्दै मन्त्री तिम्सिनाले अनुगमनका क्रममा देखिएका अवस्था, समस्या तथा सुधार गर्नुपर्ने विषयबारे पत्रकारहरुलाई जानकारी गराईन । मन्त्री तिम्सिनाले धनकुटालाई प्राथमिकतामा राखेर विकास निर्माण तथा सामाजिक विकाससँग सम्बन्धित काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन। जिल्लाको आवश्यकता र समस्यालाई ध्यानमा राखेर काम गर्ने उनको भनाइ थियो।
पत्रकार भेटघाटका क्रममा धनकुटाका पत्रकारहरूले जिल्लाका समसामयिक विषय, विकास निर्माण, सेवा प्रवाह तथा नागरिकले भोगिरहेका समस्याबारे मन्त्री तिम्सिनाको ध्यानाकर्षण गराएका थिए। पत्रकारहरूले जिल्लाको विकास र नागरिकका आवश्यकतासँग जोडिएका विभिन्न विषयमा प्रश्नसमेत गरेका थिए। अनुगमनका क्रममा देखिएका समस्या र पत्रकारहरूले उठाएका विषयलाई सम्बोधन गर्न प्रदेश सरकार लाग्ने मन्त्री तिम्सीनाको भनाई छ ।
धनकुटाका सरकारी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, स्थानीय आवश्यकता सम्बोधन गर्ने तथा जिल्लाको समग्र विकासलाई प्राथमिकता दिने मन्त्री तिम्सीनाले प्रतिबद्धता व्यक्त गरिन ।


