=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

Radio Khabar Palika

साँगुरीगढीमा कक्षा १० का विद्यार्थीका लागि मोटिभेसनल क्लास सम्पन्न



८ भदौ,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि एकदिने मोटिभेसनल क्लास सम्पन्न भएको छ ।
साँगुरीगढी गाउँपालिकाको प्रायोजन, घुन्सा फाउण्डेशन काठमाडौंको सहजीकरण तथा गोलखाडी माध्यमिक विद्यालय, साँगुरीगढी–७ को आयोजनामा संचमलन भएको कक्षा सम्पन्न भएको हो । कार्यक्रममा घुन्सा फाउण्डेशनका तर्फबाट प्रशिक्षक याङजोम शेर्पाले सहजीकरण गरेकी थिईन । प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई अध्ययनप्रति सकारात्मक सोचको विकास, लक्ष्य निर्धारण, आत्मविश्वास अभिवृद्धि, अनुशासन, समय व्यवस्थापन तथा आगामी एसईई परीक्षाको प्रभावकारी तयारी लगायतका विषयमा प्रेरणामूलक जानकारी दिएको आयोजक गोलखाडी माध्यमिक विद्यालयका प्रधानाध्यापक खेलबहादुर इवाहाङले जानकारी दिए । कक्षा १० का विद्यार्थीहरूलाई पढाइप्रति थप उत्साहित बनाउने, उनीहरूमा आत्मविश्वास बढाउने र आगामी एसईई परीक्षाका लागि मानसिक रूपमा तयार पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो इवाहाङको भनाइ थियो ।“विद्यार्थीहरूलाई आफ्नो लक्ष्य निर्धारण गरेर निरन्तर मेहनत गर्न, समयको उचित व्यवस्थापन गर्न तथा सकारात्मक सोचका साथ अध्ययनमा अघि बढ्नुपर्ने विषयमा कार्यक्रममार्फत जानकारी दिइयो,” प्रधानाध्यापक इवाहाङले भने “गाउँपालिकाभित्रका सबै माविका विद्यार्थीलाई एउटै स्थानमा सहभागी गराएर अनुभव तथा प्रेरणा आदानप्रदान गर्ने अवसर पनि यसले प्रदान गरेको छ ।”

कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, विभिन्न शाखाका प्रमुखहरू, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो । अनुसार कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा सरोकारवालासहित तीन सयभन्दा बढीको सहभागिता रहेको थियो ।